२५ जेठ २०८३, सोमबार

मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपातः मरे ६ लाख ६७ हजारभन्दा बढी पशु

फागुन ८, २०८०
काठमाडौं
मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपातः मरे ६ लाख ६७ हजारभन्दा बढी पशु

उलान बातोर–मङ्गोलियामा कीर्तिमानी हिमपात भएको छ ।  यस हिउँदको हिमपात सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले मङ्गलवार जनाएको छ।

यस हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ ।

मङ्गोलियाका लगभग सबै प्रान्तहरूमा बारम्बार भारी हिमपात  भएको छ । बारम्बार हिमपातका कारण यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ । 

देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ। सोमवारसम्म मङ्गोलियामा अत्यधिक  चिसो मौसमका कारण हुने पशुको मृत्युको सङ्ख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ। 

मङ्गोलिया संसारका नोमाडिक देशहरूमध्ये एक हो यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायुले युक्त छ ।
 

salt training

कमेन्ट गर्नुहोस्