जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुखमा सरुवा भएकी एसपी बशुन्धरा खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट बिदाइ गरिएको छ ।
२०८० जेठ महिनादेखि फागुन ८ गतेसम्म विभागको अनुसन्धान अधिकृतको रुपमा काम गरेकी एसपी खड्कालाई मंगलवार बिदाइ गरिएको हो ।
विभागका महानिर्देशक पुष्पराज शाहीले मंगलवार प्रशंसापत्रसहित दोसल्ला ओढाएर एसपी खड्काको बिदाइ गरेका हुन् । खड्काले आतंकबाट, बीमा ठगी र लागू औषध सम्बन्धी ५ वटा उजुरीमा अनुसन्धान गरी ३६ करोड ३० लाख २६ हजार २ सय ९८ रुपैया बिगो दावीसहित मुद्दा पेश गरेकी थिइन ।
अनुसन्धान अधिकृत खड्काले प्रशंसनीय र उदाहरणीय काम गरेको विभागले उल्लेख गरेको छ ।