
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा आजदेखि विभिन्न प्रतिवेदनहरूमाथि छलफल शुरू हुने भएको छ । मंगलवार पेश गरिएका प्रतिवेदनमा आजदेखि छलफल हुनेछ ।
बैठकमा मंगलवार पाँचवटा प्रतिवेदन पेश भएका छन् ।
पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् ।
त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गरेका छन् ।
बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।