२१ असार २०८३, आइतबार
आईसीसी विश्वकप लिग–२

नामिबियाले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

फागुन ९, २०८०
काठमाडौं
नामिबियाले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो
फाइल तस्वीर

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नामिबिया विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । 

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् ।

विश्वकप लिग-२ को जारी शृंखलामा टस जितेका टोलीले पहिला बलिङ रोजेका छन् । पहिला बलिङ गरेका टोलीले खेल जितेका छन् । यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । 

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्