२६ जेठ २०८३, मंगलबार

नेपालविरुद्ध नामिबियाको ६ विकेट डाउन

फागुन ९, २०८०
काठमाडौं
नेपालविरुद्ध नामिबियाको ६ विकेट डाउन

आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालले छैटौं विकेट हात पारेको छ ।

कीर्तिपुरमा जारी खेलमा कुशल भुर्तेलले नेपाललाई छैटौं सफलता दिलाएका हुन् । यसअघि उनैले अर्धशतक बनाएर खेलिरहेका कप्तान गेरार्ड इरास्मसलाई आउट गरेका थिए ।

यो समाचार तयार पार्दासम्म नामिबियालाई जीतका लागि २१ ओभरमा ५१ रन आवश्यक छ ।

नेपालले भने खेल जित्न थप ४ विकेट लिनुपर्ने हुन्छ । नामिबियाले १६९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्