२८ जेठ २०८३, बिहीबार

लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्रीलाई निम्तो

फागुन ९, २०८०
बुटवल
लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्रीलाई निम्तो

लुम्बिनी प्रदेशसभाको हिउँदो अधिवेशनलाई संशोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाङको देउखुरी आउने भएका छन् । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीले काठमाडौं गएर बुधवार प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेका हुन् ।

लुम्बिनी प्रदेशको हिउँदो अधिवेशन यही फागुन १८ गतेदेखि शुरू हुँदैछ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले १९ गतेका लागि प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्ने समय दिएको जानकारी दिए । 

‘सभामुखले तुलाराम घर्तीले गत वर्षदेखि नै पहल गर्नुभएको थियो,’ सचिव पुनमगरले लोकान्तरसँग भने, ‘अहिले आएर त्यो प्रयास सफल भएको छ । हामीले अधिवेशनको पहिलो दिन १८ गते नै ल्याउन खोजेका थियौं । तर त्यो दिन प्रधानमन्त्रीको अन्य कार्यक्रम रहेकाले १९ गते आएर सम्बोधन गर्ने बचन दिनुभएको छ ।’ 

यसअघि बुटवलमा भएको लुम्बिनीको अधिवेशनमा तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गरेका थिए । प्रदेशसभामा भीभीआईपी ल्याउँदा प्रदेशसभाको गरिमासमेत बढ्ने सचिवालयले आशा लिएको सचिव पुनमगरले बताए । प्रदेशसभाको नियमावलीमा पनि भीभीआईपीहरूलाई आमन्त्रण गर्ने व्यवस्था गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्