
मुम्बई – टाइगर श्राफ छिटै नै आफ्नो फिल्म ‘बागी’ को सिक्वेल ‘बागी २’ मा देखिँदैछन् । अहिले उनी यही फिल्मको शूटिङका दौरानमा छन् । टाइगर यस फिल्मलाई लिएर केही उत्साहितसमेत देखिएका छन् । एक्सनकै कारणले पनि चर्चित यी अभिनेताले उक्त चलचित्रमा आजसम्म कुनै पनि फिल्ममा नगरेको एक्सन यसमा दिने कुरा भारतीय मिडियामा समाचार बनेको छ ।
टाइगर श्राफ उक्त फिल्ममा सानी बच्चीका बाबुको भूमिकामा देखिन लागेका हुन् । उसो त उनका उमेरका स्टार पिताको भूमिकामा देखिँदैनन् ।
‘बागी २’ लाई अहमत खानले निर्देशन गर्दैछन् । फिल्मको अपोजिटमा दिशा पाटनी देखिने भएकी छिन् । बलिउडमा फिल्ममा मात्र होइन, दिशा पाटनी र टाइगरको नाम वास्तविक जीवनलाई जोडेर पनि लिने गरेको पाइन्छ ।
यसबारेमा भने बाहिर कुनै हल्ला बाहिर आएका छैनन् । उनीहरुले राम्रो मित्रता भएको बताउँदै आएका छन् । यी दुईको चलचित्र बागी २ २७ अप्रैल २०१८ मा रिलिज हुनेछ ।