२८ जेठ २०८३, बिहीबार

इरानको चेतावनी-'नयाँ प्रतिबन्ध लगाउनु अमेरिकाका लागि खतरनाक परिणामको सामना गर्नुतुल्य'

कात्तिक २०, २०७४
 इरानको चेतावनी-'नयाँ प्रतिबन्ध लगाउनु अमेरिकाका लागि खतरनाक परिणामको सामना गर्नुतुल्य'
तेहरान, इरान, २२ असोज- इरानको इश्लामिक रिभोलुसन गार्ड कर्प (आइआरजिसी)ले यदि संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नयाँ प्रतिवन्ध लगाउने हो भने यसको नराम्रो असर वासिङ्टनलाई पर्ने चेतावनी दिएको छ । 

आइआरजिसी कमाण्डरलाई उद्धृत गर्दै आइतबार इरानी राज्य सञ्चालित समाचार संस्थाले यदि इरानमाथि नयाँ प्रतिबन्ध लगाउने हो भने उनीहरूले अमेरिकी क्षेत्रीय सैन्य आधार शिविरलाई इरानी क्षेप्यास्त्रले नभेट्ने स्थानमा स्थानान्तरण गर्नुपर्नेछ । 

जफारीले अमेरिकी सरकारलाई चेतावनी दिँदै भनेको छ इरानमाथि नयाँ प्रतिबन्ध लगाउनु अमेरिकाका लागि खतरनाक परिणामको सामना गर्नुतुल्य हुन्छ । 

अमेरिकी प्रशासनको इरानसँग अमेरिका लगायत विश्व शक्ति राष्ट्रले सन् २०१५ मा गरेको आणविक सम्झौताबाट फिर्ता आउने सम्भावित अमेरिकी एकतर्फी निर्णय उसकै हितविपरित हुने इरानले जनाएको छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्