०८ साउन २०८३, शुक्रबार

तीन मन्त्रीको राजीनामा माग्दै संसद्मा एमालेको नाराबाजी

फागुन १४, २०८०
काठमाडौं
तीन मन्त्रीको राजीनामा माग्दै संसद्मा एमालेको नाराबाजी

विवादमा परेका तीनजना मन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा नाराबाजी गरेको छ । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमालेका गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको जवाफ माग गरेका थिए । 

त्यसपछि अन्य विपक्षी दलले बोलेका थिए । त्यसपछि सभामुखले संसद्को कारबाही अगाडि बढाउन खोज्दा एमाले सांसदले नाराबाजी गरेका हुन् । एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् चल्न नसक्ने बताए । 

‘संसद्को यो भन्दा ठूलो अपमान के हुन्छ ? राजीनामा माग गरेका मन्त्रीलाई संसद्मा प्रस्ताव पेश गर्न कार्यसूची राख्ने कुरा हामीलाई मान्य छैन,’ बर्तौलाले भने । 

एमालेकै रघु पन्तले सभामुखको रुलिङभन्दा सरकारको तर्फबाट निकास माग गरे । 

salt training

कमेन्ट गर्नुहोस्