१४ असार २०८३, आइतबार

बझाङमा हत्या आरोपमा बाबु-छोरा पक्राउ

फागुन १४, २०८०
बझाङ
बझाङमा हत्या आरोपमा बाबु-छोरा पक्राउ

बझाङमा ४० वर्षीय रामप्रसाद जोशीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका ७ सुबेडास्थित किमतोलीका ४८ वर्षीय जयबहादुर हमाल  छन् । उनलाई सोमवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको प्रहरीमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

थप अनुसन्धानका लागि प्रहरीले हमालका छोरालाई पनि नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्