०२ साउन २०८३, शनिबार

१४ किलो सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

फागुन १४, २०८०
काठमाडौं
१४ किलो सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फूलबारी २ घर भएका काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका छन्’, उनले भने ।

गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्