
नेपाल वायुसेवा निगमले सुर्खेत–कालीकोट–सुर्खेत उडान शुरू गरेको छ ।
सोमवार निगमको उडान नं. आरए–७७५ बाट ९एन–एबीयु कलसाइन जहाजमार्फत सुर्खेत–कालीको–सुर्खेत, उडान गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कालीको जिल्लास्थित सुनथराली विमानस्थलको उद्घाटन गरेका हुन् ।
उक्त उडानको लागि जहाज सुर्खेत विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ११ः०० बजे उडान भरी ११ः२० बजे कालीकोको सुनथराली विमानस्थलमा अवतरण गरिएको थियो ।
निगमका प्रवक्ता रमेश पौडेलले सोमवार एक विज्ञप्ति जारी गर्दै आगामी दिनमा सुर्खेतलाई आधार बनाएर जहाजको उपलब्धतासँगै नियमित उडान संचालन गर्ने तयारी रहेको जानकारी दिएका छन् ।
उडानपश्चात निगमसँग जहाजको उपलब्धता भएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई आधार बनाई कालीको लगायत हुम्ला, जुम्ला, मुगु र डोल्पामा समेत उडान सञ्चालन गर्न मन्त्री किरातीले निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
