२६ असार २०८३, शुक्रबार
त्रिदेशीय टी-ट्वान्टी शृंखला

नामिबियासँग टी-ट्वान्टीमा पनि हार्‍यो नेपाल

फागुन १५, २०८०
काठमाडौं
नामिबियासँग टी-ट्वान्टीमा पनि हार्‍यो नेपाल

त्रिदेशीय ट्वी-ट्वान्टी शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

कीर्तिपुरमा २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदा १८६ रन मात्र जोड्न सक्यो ।

दीपेन्द्रसिंह ऐरीले ४८, कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रनको पारी खेले पनि टीमलाई जीतसम्म डोहोर्‍याउन सफल भएनन् ।

यसअघि जान निकोल लोफ्टीले छिटो शतकको कीर्तिमान आफ्नो नाममा लेखाउने क्रममा विस्फोटक शतकीय पारी खेलेका थिए ।

३३ बलमा सय रन पूरा गरेका उनी १०१ रनमा आउट भए । 

नेपालका लागि रोहित पौडेलले २, अविनाश बोहराले १ तथा करण केसीले १ विकेट लिए ।

शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले एकअर्कासँग खेल्नेछन् । 

यसअघि आईसीसी विश्वकप क्रिकेट लीग टुमा नेपाल ४ मध्ये ३ खेलमा पराजित भएको थियो । नामिबियासँग दुवै खेलमा नेपाल पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्