३० असार २०८३, मंगलबार

दक्ष श्रमिक जापान जाने बाटो खुल्यो

फागुन १६, २०८०
काठमाडौं
दक्ष श्रमिक जापान जाने बाटो खुल्यो

सरकारले  संस्थागत  अर्थात्  वैदेशिक  रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लु)  श्रमिकको  माग  ल्याउन  र  जापान पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । 

श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षा  मन्त्रालयले जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी  कार्यविधि  २०८०  ल्याएसँगै  संस्थागत  रूपमा  माग  ल्याउन  र  जापान  पठाउनका लागि कानुनी बाटो खुुलेको हो ।

 कार्यविधिमा जापानमा स्पेसिफाइड स्किल वर्कर पठाउने म्यानपावर कम्पनीसँग भाषा र सिपका  लागि  प्रचलित  मापदण्डबमोजिमको  आफ्नै स्वामित्वको तालिम केन्द्र या पूर्णकालीन उपयोग  गर्न  सकिने  गरी  करार  सम्झौता  गरी  लिएको तालिम केन्द्र भएको हुनुपर्ने उल्लेख छ ।

भाषा प्रशिक्षण तालिम केन्द्रमा जापानी भाषा पढाउने सम्बन्धमा जापानी भाषा प्रशिक्षणको आधिकारिक प्रमाणपत्र प्राप्त कम्तीमा दुुई जना भाषा प्रशिक्षक भएको हुनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्