२८ जेठ २०८३, बिहीबार

काठमाडौँबाट समातिए दुई भारतीय ‘सुटर’

कात्तिक २०, २०७४
काठमाडौँबाट समातिए दुई भारतीय ‘सुटर’
काठमाडौँ, २३ असोज- गोली हान्न आएको आशंकामा प्रहरीले काठमाडौंबाट दुई भारतीय युवकलाई पक्राउ गरेको छ । आतंकवादसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरो (एसबी)ले शनिबार दिउँसो जोरपाटी नारायणटारबाट उनीहरूलाई पक्राउ गरेको हो ।gun
पक्राउ पर्नेमा रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादव छन् । उनीहरूलाई सार्वजनिक अपराध मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अघि बढाइएको छ, नयाँ पत्रिकामा खबर छ ।

सुटर भएको आशंका

पक्राउ परेका दुवै नारायणटारमा गार्मेन्टसम्बन्धी व्यवसाय गर्ने लाल महम्मद सुरको कारखानामा जबर्जस्ती छिरेका थिए । कारखानामा गएर आफूलाई उनीहरूले मार्ने धम्की दिएको सुरले बताएका छन् । उनले प्रहरीमा जाहेरीसमेत दिएका छन् । सर्लाही घर भएका सुरले उनीहरूले हत्या गर्न खोजेको भन्दै आइतबार महानगरीय प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्