
त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
उनले ३५ बलमा ५० रन बनाउँदै अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ६ चौका २ छक्का प्रहार गरेका छन् ।
अर्धशतक बनाएलगत्तै अर्को बलमा रोहित आउट हुन पुगेका छन् ।
नेपालले ११ ओभरमा १०० रन बनाउँदा चौथो विकेट गुमाएको हो । यसअघि तेस्रो विकेटका रुपमा कुशल मल्ल ११ रन बनाएर आउट भएका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालले १८५ रनको लक्ष्य पछ्याइरहेको छ ।