२२ जेठ २०८३, शुक्रबार

हिन्दू राष्ट्र कायम गर्न माग गर्दै विरोध प्रदर्शन

कात्तिक २०, २०७४
हिन्दू राष्ट्र कायम गर्न माग गर्दै विरोध प्रदर्शन


काठमाडौँ, २३ असोज -राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न जनमत संग्रहको माग गर्दै आज विरोध प्रदर्शन गरेको छ ।rpp

रत्नपार्कबाट शुरु भएको प्रदर्शन नगरका विभिन्न भागको परिक्रमा गरी वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो । पार्टीको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत आज विरोध प्रदर्शन गरिएको हो ।

पार्टीका अध्यक्ष कमल थापाले नेपालमा परापूर्वकालदेखि नै वैदिक परम्परा र हिन्दू सभ्यताका आधारमा सामाजको व्यवस्थापन भएको बताउँदै बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्म निरपेक्ष कायम गर्न नहुने बताउनुभयो ।

नेपाल करिब पाँच हजार वर्ष पूरानो हिन्दू राष्ट्रका रुपमा स्थापित रहेको अभिलेख तथा शिलालेख पाइएको बताउँदै उहाँले राष्ट्रिय एकताका लागि अलांकरिक राजसंस्थाको खाँचो रहेकाले आफ्नो पार्टीले वैचारिक दृष्टिकोणमा यी दुई विषयलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष थापाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हिन्दू राष्ट्र र राजसंस्थाको विषय जनमत संग्रहबाट टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका उपाध्यक्षद्वय टंक ढकाल र राजीव पराजुली, महामन्त्री जयन्त चन्द, केन्द्रीय सदस्य देवेन्द्र प्रधानलगायत नेता सहभागी हुनुहुन्थ्यो ।

salt training

कमेन्ट गर्नुहोस्