०९ साउन २०८३, शनिबार

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो 'पिंक डेबिट कार्ड', यस्ता छन् सुविधा

फागुन २५, २०८०
काठमाडौं
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो 'पिंक डेबिट कार्ड', यस्ता छन् सुविधा

सिद्धार्थ बैंक लिमिटेडले 'सिद्धार्थ नारी बचत खाता'का ग्राहकहरूका लागि 'पिंक डेबिट कार्ड' सञ्चालनमा ल्याएको छ । 

बैंकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले 'पिंक डेबिट कार्ड' सञ्चालनमा हो ।

महिला वर्गलाई लक्षित यस कार्डमार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ ।

यो नवीनतम् योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि अहम् भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

कार्डबारे विस्तृत जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालय, वेबसाइट, ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरलगायतमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

यस्तै, ०१-५९७००२० मा फोन, [email protected] मा ईमेल, हेल्पडेस्क : www.siddharthabank.com/helpdesk र https://chats.viber.com/siddharthabankcustomercare मा भाइबर गर्न पनि बैंकले आग्रह गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुऱ्याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन काउन्टरसहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटीएममार्फत उच्चस्तरीय एवं प्रविधि मैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

'सम्बन्ध सधैभरिलाई' भन्ने नारा अवलम्बन गर्दै बैंकले 'सिद्धार्थ केयर'मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४ सै घण्टा गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्