२० असार २०८३, शनिबार

भारतीय अभिनेता गोविन्दाले रौतहटमा दिए प्रस्तुति, पल शाह पनि सहभागी

फागुन २५, २०८०
काठमाडौं
भारतीय अभिनेता गोविन्दाले रौतहटमा दिए प्रस्तुति, पल शाह पनि सहभागी

भारतीय अभिनेता गोविन्दाले नेपालको रौतहटको मौलापुरमा आफ्नो प्रस्तुति दिएका छन् । 

शुक्रबार मौलापुरमा आयोजित मधानी महोत्सवमा गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरे । महोत्सवमा विशेष पाहुनाका रुपमा गोविन्दा सहभागी थिए ।

नेपाली अभिनेता पल शाहसहित भोजपुरी चलचित्रका कलाकारहरू समेत महोत्सवमा सहभागी रहे । कलाकारहरूको प्रस्तुति हेर्न हजारौंको संख्यामा दर्शकहरू मौलापुर पुगेका थिए । 

गोविन्दाले रौतहट आउन पाउँदा आफूलाई निकै खुशी लागेको बताएका थिए । मौलापुर नगरपालिकाले आयोजना गरेको महोत्सवलाई सञ्चारकर्मी दिनेश डिसीले होस्ट गरेका थिए । 

सीमावर्ती विहारको पटना हुँदै बिहीवार नेपाल आएका गोविन्दा शनिवार भारत फर्किने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्