०७ साउन २०८३, बिहीबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले थपे ३ मन्त्री, शपथको तयारी

फागुन २५, २०८०
धनगढी
सुदूरपश्चिमका मुख्यमन्त्रीले थपे ३ मन्त्री, शपथको तयारी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री शाहले शुक्रवार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

null

नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला, खुसीराम चौधरी विना विभागीय मन्त्री र इन्दिरा गिरीले भूमि व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

null

साथै शुक्रवार नै शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी पनि भइरहेको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह नेकपा (माओवादी केन्द्र)ले साथ छोडेसँगै अल्पमतमा परेका छन् । यसर्थ उनले मन्त्रिपरिषद्मा स्वतन्त्र सांसद डा तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की खेमादेवी विष्टलाई पनि समावेश गर्ने गरी सहमति जुटेको बताइएको छ ।

null

यी सांसदले साथ दिएका मुख्यमन्त्री शाह सुरक्षित हुनेछन् । यसर्थ उनी मन्त्रालय फुटाए भएपनि उनीहरूलाई समेट्ने पक्षमा लागेको स्रोतको दाबी छ । 

कमेन्ट गर्नुहोस्