×

NIC ASIA

‘उपहार’का दर्शक भेट्न हल हलमा पूजा र बेनिशा

काठमाडाैं | फागुन २६, २०८०

Prabhu Bank
NTC
Premier Steels

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले सुखद् सुरुवात गरेको निर्माण पक्षले जनाएको छ । 

Muktinath Bank

शुक्रबार बिहानैदेखि फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल र पूजा शर्मा, अभिनेताहरू मुकुन भुसाल र समर्पणजंग कार्कीलगायतको टिम दर्शक भेट्न उपत्यकाका हलमा पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानीको सिभिल मलस्थित क्यूएफएक्स, अष्टनारायण हल, एफक्यूब, बिएसआर, लबिम मलस्थित क्यूएफएक्स, वान सिनेमाजलगायतका हलमा दर्शकको उपस्थिति बाक्लो देखिएको थियो । निर्माण पक्षका अनुसार कतिपय शो हाउसफुल रहेका थिए भने धेरै शोमा ९० प्रतिशत हाराहारी अकुपेन्सी देखिएको थियो । 


Advertisment
Nabil box
Kumari

फिल्मका निर्देशक देउजाले शुक्रवार देशभरका हलमा दर्शकको राम्रो अकुपेन्सीका साथ फिल्म प्रदर्शन भएको बताए । शनिवार पनि हलमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । 

Vianet communication

अभिनेत्रीहरू पूजा शर्मा र बेनिशा हमालले दर्शकको उपस्थितिले उत्साहित बनाएको बताए । हलमा पुगेका उनीहरूसँग तस्वीर खिचाउन खोज्ने दर्शकको भीड पनि बाक्लो देखिएको थियो । 

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्मले साधारण महिलाको संघर्ष, सक्षमता र सफलतालाई केन्द्रमा राखेको छ । फिल्मले पहिलो हाफमा हँसाउने र दोस्रो हाफमा इमोशनल बनाउने प्रतिक्रिया दर्शकले दिएका छन् । 

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुलभ प्रतीक र समीक्षा देउजा निर्माताका रुपमा छन् । सुलक्षण भारतीको कथा रहेको फिल्ममा भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद लेखन छ । रेखा थापा ‘उपहार’मार्फत पाँच वर्षपछि निर्माण र अभिनयमा फर्किएकी हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x