
कुनौली–राजविराज सडक खण्डमा पर्ने सप्तरीको तीलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
पुलमुनि मधेश प्रदेश ३०६१ नम्बरको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घटनामा परेर ज्यान गएको हुन सक्ने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पुलको तल शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।
मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविरजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।