×

NMB BANK
NIC ASIA

श्रीमतीको मृत्यु भएको दुई वर्षपछि डेरीकले टिन्डरमा जब 'हाइ' भन्ने म्यासेज पाए...

काठमाडाैं | फागुन २६, २०८०

NTC
Premier Steels

तपाईं हामीले सानैदेखि भूतको बारेमा सुन्दै र पढ्दै आएका छौं । तर कसैले देखेको वा महसुस गरेको हो भनेर यकिनका साथ भन्न सकेको छैन । 

Muktinath Bank

तपाईंले भूतका कथाहरू सुन्नु भएको होला तर के तपाईंले कहिल्यै डेटिङ एपमा भूत भेटेको सुन्नु भएको छ ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालै यस्तै एउटा अचम्मको घटना बाहिर आएको छ । जहाँ एक व्यक्तिले डेटिङ एप मार्फत आफ्नी मृत श्रीमतीसँग कुरा गरेको बताए । 


Advertisment
Nabil box
Kumari

रिपोर्टका अनुसार ती व्यक्तिकी श्रीमतीको दुई वर्षअघि मृत्यु भएको थियो । अहिले त्यही श्रीमतीले अचानक डेटिङ प्लेटफर्ममा उनीसँग कुरा गर्न थालिन् । 

Vianet communication

यसले पतिलाई धेरै महिनासम्म स्तब्ध अवस्थामा छोड्यो, यो कसरी सम्भव भयो भनेर बुझ्न संघर्ष गरिरहेको थियो । 

अन्ततः ती व्यक्तिले पोडकास्टमा आफ्नो कथा सेयर गर्ने साहस जुटाए । अहिले ती व्यक्तिको अनौठो कहानी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

डेली मेलको रिपोर्ट अनुसार डेरेक नामका व्यक्ति बेलायतको लण्डनमा बस्छन् । 'मेरी श्रीमती एलिसनको निधन भएको दुई वर्ष भयो । उनी पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । तर एक दिन टिन्डरमा उनको प्रोफाइल देख्दा म छक्क परें । एउटा तस्बिरमा उनी मुस्कुराउँदै थिइन्,' डेरेकले एक पोडकास्टमा खुलासा गरे ।

उनले थपे 'मैले तुरुन्त प्रोफाइल हेरेँ र त्यहाँ कुनै लिखित जानकारी थिएन, तर त्यहाँ मेरी स्वर्गीय श्रीमतीका तीनवटा फोटोहरू थिए जुन मैले पहिले कहिल्यै देखेको थिइनँ । म पूर्ण रूपमा स्तब्ध भएँ । मैले करिब दुई मिनेटसम्म मेरो सास रोकें । अर्को दुई दिनसम्म म सुत्न सकिन ।'

शुरूमा डेरेकले कसैले फेक एकाउन्ट बनाएको हुन सक्ने शंका गरे । नक्कली खाता बनाउन आफ्नी श्रीमतीका तस्बिरहरू कसैले लिएको हुन सक्ने उनको अनुमान थियो ।

यद्यपि त्यसपछि उनले 'हाई' लेखेको म्यासेज प्राप्त गरे । अर्को २४ घण्टासम्म कुनै जवाफ आएन । तर पछि एउटा सन्देश आयो, 'के तपाईं घरमा हुनुहुन्छ ? म बाहिर उभिरहेको छु । कृपया मलाई भित्र आउन दिनुहोस् ।'

यो सन्देश पछि डेरेक नर्भस भए ।  डेरेकले भने , 'पछि मैले घरको मुख्य ढोका बन्द भएको आवाज सुनें र डरले म गएर ओछ्यानमा पल्टिए । त्यसपछि अर्को सन्देश आयो - तिमी धेरै चाँडै टिन्डरमा आयौ, डेरी ।' 

उनले थपे, 'मेरी श्रीमतीले मात्र मलाई डेरी भनेर बोलाउँथिइन् । यो नामको बारेमा अरू कसैलाई थाहा छैन । केही बेरपछि कोठामा कोही पसेको महसुस गरें । म यति डराएँ कि मैले अन्तमा भनें - एलिसन, मलाई माफ गर । म तिमीलाई माया गर्छु र म तिमीलाई धेरै सम्झन्छु । दुई वर्ष भइसक्यो र अब म अगाडि बढ्नुपर्छ ।'

उनले त्यो सन्देश पठाएपछि ढोकाको अर्को छेउमा कोही छ भनी महसुस गरे । तर पनि त्यहाँ कोही थिएन । जब डेरीक सुत्ने कोठामा फर्किए, अनि त्यही डेटिङ एप खोले, त्यहाँबाट उनकी श्रीमतीको प्रोफाइल हटिसकेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x