
अछाममा नाबालिग छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ गरेका छन् ।
१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँमा ३५ वर्षीय पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाको पहिचान खुल्ने भएपछि पक्राउ परेका व्यक्तिको परिचय प्रहरीले गोप्य राखेको छ ।
बलात्कार आरोपमा ३५ वर्षीय पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए ।
उनका अनुसार शनिवार दिउँसो अन्दाजी ३:३० बजेको समयमा नाबालिकामाथि आफ्नै बुवाले घरभित्रै करणी गरेका थिए ।
नाबालिग छोरीमाथि बलात्कार भएको आमाले थाहा पाएसँगै स्थानीयमार्फत घटनाबारे प्रहरीलाई खबर गरेकी थिइन् ।
घटनापछि शनिवार साँझै बुवालाई नियन्त्रणमा लिइएको र म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सावदले बताए ।
बलात्कृत नाबालिगको शनिवार नै स्वास्थ्य परीक्षण गरिएको र प्रारम्भिक अनुसन्धानबाट उनीमाथि बलात्कार भएको खुलेको छ ।