०२ असार २०८३, मंगलबार

प्रधानसेनापति शर्मा र चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखबीच भेटवार्ता

फागुन २७, २०८०
काठमाडौं
प्रधानसेनापति शर्मा र चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालको भ्रमणमा रहेका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनबीच भेटवार्ता भएको छ ।

आइतवार जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरूबीच दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।

यस्तै आपसी चासोका विषयमा समेत छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

null

शनिवारदेखि नेपाल भ्रमणमा रहेको उपप्रमुख पाकुन नेतृत्वको छ सदस्यीय टोलीले काठमाडौं, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीयस्थलको भ्रमण गर्ने कार्यक्रम छ ।​

४ दिवसीय भ्रमणका लागि नेपाल आएको उक्त टोली यही फागुन २९ गते स्वदेश फर्कनेछ ।

salt training

कमेन्ट गर्नुहोस्