२१ असार २०८३, आइतबार

यातायात सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग

फागुन २७, २०८०
काठमाडौं
यातायात सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात सुधार कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भेटेर​ यस्तो आग्रह गरेको हो । ​

देशभरको यातायात क्षेत्रको सुधारका लागि कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको गर्नुपर्ने महासङ्घको माग छ ।

महासङ्घको टोलीले सार्वजनिक यातायात क्षेत्रको लगानी संरक्षणका साथै व्यवस्थित ढङ्गले यातायात सेवा सञ्चालन गर्न मन्त्रीसमक्ष अनुरोध गरेको छ ।

मन्त्री महासेठले सरोकारवाला निकायसँग समन्वय गरेर यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आजै महासङ्घको टोलीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर यातायात क्षेत्रका समस्या समाधानका निम्ति गम्भीर हुन आग्रह गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्