
पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारीले आइतबार शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उनले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका हुन् ।
पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराए ।