०८ असार २०८३, सोमबार

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३१ हजार नाघ्यो

फागुन २७, २०८०
काठमाडौं
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३१ हजार नाघ्यो

इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या ३१ हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।
विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले द्वन्द्वग्रस्त तटीय क्षेत्रका विभिन्न स्थानमा गरेको आक्रमणबाट ८५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन् ।  
सो द्वन्द्वमा परी मृत्यु हुनेको कुल सङ्ख्या ३१ हजार ४५  पुगेको छ भने घाइतेको सङ्ख्या ७२ हजार ६५४ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्