३१ असार २०८३, बुधबार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

फागुन २८, २०८०
सिरहा
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

सिरहामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका ६ बसबिट्टा बस्ने ६५ वर्षीय रामउदगार साह छन् । ६० वर्षीया श्रीमती निर्मला साहको हत्या गरेको आरोपमा उनलाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसबिट्टा कमला बाँधस्थित बाख्रा चराइरहेकी निर्मलालाई रामले हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्