१४ असार २०८३, आइतबार
राष्ट्रिय सभा अध्यक्ष चयन प्रक्रिया

राष्ट्रिय सभामा एमालेले भन्यो– 'नयाँ गठबन्धन समयको माग, कांग्रेस होशमा आउनुपर्छ'

फागुन २९, २०८०
काठमाडौं
राष्ट्रिय सभामा एमालेले भन्यो– 'नयाँ गठबन्धन समयको माग, कांग्रेस होशमा आउनुपर्छ'

नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन समयको माग भएको बताएका छन् ।

राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाललाई समर्थन गर्दै दाहालले समयको आवश्यकताअनुसार नयाँ गठबन्धन बनेको बताएका हुन् ।

नयाँ गठबन्धनलाई सफल पार्नु आफूहरूको दायित्व भएको समेत उनले बताए ।

'यो समयको माग हो । आवश्यकता हो । हिजो नेकपा एमालेलाई एक्लै कर्नरमा पारेर गठबन्धन गरौं भन्ने अभ्यास साथीहरूले गर्नुभयो,' दाहालले भने, 'अहिले नयाँ ढंगले जाऊँ भनेर नेकपा एमालेसहितको गठबन्धन बनेको छ । अहिले यसलाई सफल पार्नु हाम्रो दायित्व हो ।'

उनले होशमा आउन कांग्रेसलाई सुझाव दिए । 'नेपाली कांग्रेसकै एक नेताको भनाइ सापटी लिन चाहन्छु, कांग्रेस होशमा आउनुपर्छ भन्नुभाछ,' दाहालले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्