१६ असार २०८३, मंगलबार

कर्णाली पुलबाट सवारी साधन आवतजावतमा रोक, वैकल्पिक बाटो अपनाउन आग्रह

फागुन २९, २०८०
धनगढी
कर्णाली पुलबाट सवारी साधन आवतजावतमा रोक, वैकल्पिक बाटो अपनाउन आग्रह

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहीले कर्णाली पुल केही समयका लागि बन्द गरिएकोले  वैकल्पिक बाटो अपनाउन आग्रह गरेका छन् ।

उक्त पुलमा सोमवार साँझ भएको आगलागीबाट आंशिकरूपमा क्षति पुगेको छ । 

आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि उनले पुलबाट तत्काल सवारी साधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका हुन् ।

उनले टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न सम्बद्ध सबैमा आग्रह पनि गरेका छन् ।

पुलमा भएको क्षतिको जानकारी लिन काठमाडौं र बुटवलबाट सम्बन्धित निकायका अधिकारी एवं प्राविधिक टोली आउन लागेको मुख्यमन्त्रीले जानकारी दिए ।

पुलको  मर्मत सम्भारपछि त्यहाँबाट सवारी साधन सञ्चालन गर्ने/नगर्ने बारेमा बताउन सकिने  मुख्यमन्त्री शाहीले बताए ।

पुलबाट एम्बुलेन्स सञ्चालनको अनुमति दिनुपर्नेमा स्थानीय निकायका पदाधिकारीले जोड दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्