११ साउन २०८३, सोमबार

वाणगङ्गामा डायलाइसिस सेन्टर सञ्चालन

फागुन २९, २०८०
बुटवल
वाणगङ्गामा डायलाइसिस सेन्टर सञ्चालन

कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा मृगौला रोगीको लागि डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ ।

रोटरी क्लब सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखाको रुपमा कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको हो ।​​​

सोमवारदेखि वाणगङ्गा नगरपालिका–१ जेसिज भवनमा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याइएको हो ।

शुरूका चरणमा ४ जना बिरामीलाई राखेर परीक्षण गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका डायलाइसिस सुपरभाइजर विमल भुसालले जानकारी दिए ।

यस्तै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका प्रमुख प्रशासकीय अधिकृत कमल भण्डारीले कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टरको ट्रायल परीक्षण सम्पन्न भएको बताए । सरकारबाट अनुमति पाउन साथ सेवा निरन्तर रुपमा प्रदान गरिने उनले बताए ।

अर्घाखाँची र कपिलवस्तुका मृगौला पीडितलाई मध्यनजर गर्दै वाणगङ्गामा डायलाइसिस सेन्टर सञ्चालन गरिएको उनको भनाइ छ ।

दुई वर्षदेखि पहल गर्दा गर्दै विभिन्न वाधा अवरोधका बीच कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टरबाट डायलाइसिस सेवा शुरूवात गरिएको उनले बताए ।

मृगौला रोग लागेमा यो रोगको विकल्प भनेको डायलाइसिस हो ।

मृगौला बिग्रिएमा वा मृगौलाले काम नगरेको अवस्थामा मशिनको माध्यमबाट शरीरमा रहेका विकार वस्तु फाल्न डायलाइसिस गर्ने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्