
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पदभार ग्रहण गरेका छन् ।
आजै अध्यक्षमा निर्वाचित बनेका दाहालले शपथ लिएसँगै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभारका ग्रहण गरेका हुन् ।
पदभार ग्रहणका क्रममा उनले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन् ।