११ असार २०८३, बिहीबार
संसद्को विश्वास जित्ने तयारीमा सरकार

१४ महिनामा तेस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, घट्दै पक्षमा उभिनेहरू

फागुन ३०, २०८०
काठमाडौं
१४ महिनामा तेस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, घट्दै पक्षमा उभिनेहरू

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बुधवार) प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । २१ फागुनमा नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले यही कार्यकालमा विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । सत्ता गठबन्धन फेरबदलका कारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वर्षको पुस १० मा एमाले उनी तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । 

उनलाई सत्ता समीकरणमा रहेका ५ दलले विश्वासको मत दिने तयारी गरेका छन् । नयाँ गठबन्धनमा आबद्ध नेकपा (एमाले)का ७६, नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, जनता समाजवादी पार्टी (जसपा)का १२ र नेकपा (एकीकृत समाजवादी)का १० गरी १५१ सांसदको समर्थन प्रधानमन्त्री प्रचण्डले पाउने निश्चित देखिएको छ । 

यसैगरी नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने तयारी गरेको छ । उद्यपि नागरिक उन्मुक्तिमा विश्वासको मत दिने/नदिनेबारे विवाद छ । अध्यक्ष रन्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत लिन ह्वीप जारी गरेकी छन् । तर, राउपाको रेशम चौधरी पक्षले भने प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । 

प्रतिनिधिसभामा २७५ जना सदस्य संख्या हुने प्रावधान छ । विश्वासको मत लिन बहुमत (आधाभन्दा धेरै) चाहिन्छ । यो आवश्यक संख्या १३८ हुन आउँछ । यसर्थ, प्रधानमन्त्रीका लागि जुटेको १५० बढी सिट आवश्यक स्पष्ट बहुमत हो । 

प्रतिनिधिसभामा यसअघिको गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेससँग सबैभन्दा धेरै ८७ सिट छन् । यस्तै जनमत पार्टीसँग ७ र लोसपाको ४ मत छ । कांग्रेससँगै यी दल विपक्षमा देखिएका छन् । १४ मत भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कतै खुलिसकेका छैनन् । 

नयाँ समीकरण बनाउँदा प्रधानमन्त्रीलाई १४२ सांसदको मात्रै समर्थन थियो । मुस्किलको बहुमत पुग्ने र जहिले पनि सरकार ढल्नसक्ने जोखिमलाई मध्यनजर गर्दै नयाँ सत्ता गठबन्धनमा आबद्ध दलले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराएका छन् । उनी थपिएपछि प्रधानमन्त्रीलाई १५२ सिट पुग्ने पक्का भएको हो । 

यसअघि एकीकृत समाजवादी ४ दलबीच भएको ८ बुँदे सहमतिमा छुटेका थिए । समाजवादी सहमति गर्दा छुटे पनि उसले मन्त्रिपरिषद् विस्तार हुँदा २ जना मन्त्रीलाई शपथमा पठाएको थियो । तर सोमवार एकीकृत समाजवादीले आफूहरूका मागमा विषयमा लिखित सहमति भएमात्रै राष्ट्रियसभाका अध्यक्षसँगै विश्वासको मत पनि दिने अडान राखेको थियो ।

यसैले मंगलवार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच बालुवाटारमा वार्ता भएको थियो । यो वार्तापछि प्रमुख ५ दलले फेरि ७ बुँदे सहमति गरेका छन् । सो सहमतिमा सरकार सहमतिको आधारमा चलाउने, नयाँ दललाई गठबन्धनमा सहभागी गराउनेसहितका बुँदा थिए । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूलाई पनि प्रधानमन्त्री बनाउनुपर्ने अडान राखेपछि यस विषयमा पनि प्रचण्ड र ओली नरम रहेको दाबी नेताहरूले गरेका छन् । लिखित सहमति नभए पनि ओली, प्रचण्ड र नेपालबीच प्रधानमन्त्रीमा आलोपालो गर्ने, प्रदेशमा मुख्यमन्त्रीमा भागबण्डा गर्नेसहितको समझदारी भएको बुझिएको छ । 

यसैबीच एमाले ओलीले ढुक्क भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टीका सांसदहरूले निर्देशन दिएका छन् । अनुचित गठबन्धन छोडेर आएकाले प्रधानमन्त्रीलाई खुला हृदयले विश्वासको मत दिन निर्देशन दिएका हुन् । 

‘बुधवार संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । पहिले–पहिलेका कुरामा प्रधानमन्त्रीले गल्ती गरेको हुनसक्छ । अहिले एकदम राम्रो छ, अनुचित गठबन्धन छाडेर उचित बनाउन पहल कदमी लिनुभयो । एक–डेढ वर्ष पद सुरक्षित हुँदाहुँदै पनि देश अप्ठ्यारोमा पर्‍यो भनेर प्रधानमन्त्रीजीले अहिले चालेका कदम सकारात्मक छ’, ओलीले भने, ‘देशभक्त गठबन्धन नयाँ समीकरण बनाउने पहल स्वागत योग्य कुरा हो । उहाँले आफूमाथि विश्वासको मत माग्नु हुनेछ, हामी समर्थन गर्छौं ।’ 

यसअघि पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले सोही महिनाको २६ पुसमा २७० सांसदमध्ये २६८ जनाको समर्थन पाएका थिए । आफूसँगको समीकरणमा तोडिए पनि कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर, कांग्रेस राष्ट्रपतिको निर्वाचनदेखि समीकरणमा भित्रिने भएपछि एमाले सरकारबाट बाहिरिन पुग्यो । यसैले प्रचण्डले फेरि पुनः विश्वासको मत लिएका थिए ।

दोस्रोपटक चैत ६ गते भने उनले १७२ मात्रै सांसदको समर्थन पाएका थिए । विपक्षमा एमालेसहितको ८९ मत परेको थियो । 

तेस्रोपटक विश्वासको मत लिँदा प्रचण्डले पाउने मत झन् घट्ने देखिएको छ । आफूलाई अकस्मात धोका दिएको भन्दै कांग्रेसले यसपटक प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा भोट हाल्न सांसदहरूलाई निर्देशन दिइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्