०३ असार २०८३, बुधबार

मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा

फागुन ३०, २०८०
महोत्तरी
मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा

मिथिला माध्यमिकी यात्राका सहभागी आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् । गत शुक्रबार धनुषाको मिथिलाविहारी–८ ठेराकचुरीस्थित  मिथिलाविहारी कुटी मन्दिरबाट थालिएको सो यात्राका सहभागी चौथो दिन महोत्तरी प्रवेश गरेका हुन् । सहभागीलाई नेपाल–भारत सीमा दशगजा क्षेत्रवारि नेपाल प्रवेशद्वारमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले स्वागत गरेका थिए ।

गत शुक्रबार ठेराकचुरीबाट श्रीरामको  प्रतिमा राखिएको डोला अघि लगाउँदै यात्रा सुरु भएको थियो ।  सोही दिन जनकपुर पुगेपछि अग्निकुण्ड मठबाट सीताको प्रतिमा राखिएको  डोला मिसिएपछि सीताराम सङ्कीर्तन गाउँदै पहिलो दिन परम्पराअनुसार धनुषाको हनुमानगढीमा सहभागी बास बसेका थिए । यसैगरी दोस्रो दिन भारतको कल्याणेश्वर र तेस्रो दिन भारतकै गिरिजास्थान बास बसेका सहभागी आज चौथो दिनको विश्रामका लागि मटिहानी आइपुगेका हुन् ।

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्