०७ साउन २०८३, बिहीबार

बेल्जियममा रेनु दाहाल, दिइन् भरतपुर भ्रमण वर्षको निम्तो

फागुन ३०, २०८०
काठमाडौं
बेल्जियममा रेनु दाहाल, दिइन् भरतपुर भ्रमण वर्षको निम्तो

ईपीजी नामक संस्थाले प्रदान गरेको ‘पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डस २०२४’ अन्तर्गत ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न बेलायत आएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल बेल्जियम आइपुगेकी छिन् ।

एनआरएनए बेल्जियमले एक कार्यक्रमको आयोजना गरेर मेयर दाहाललाई  स्वागत गरेको छ । 

स्वागतका क्रममा एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विचार र आस्थाको दृष्टिले  मतभेद भए पनि भरतपुरको विकासको बारेमा कसैले पनि प्रश्न उठाउन नसक्ने बताइन् । 

स्वागत कार्यक्रममा बोल्दै मेयर दाहालले आफू सफल हुनुमा सम्पूर्ण नेपालीहरूको ठूलो साथ, सहयोग रहेको बताइन् । उनले एनआरएनए बेल्जियमलाई भरतपुर  भ्रमण वर्षको औपचारिक निम्तो पत्र पनि हस्तान्तरण गरेकी थिइन् । 

दाहालले एक वर्षमा कम्तीमा तीन लाख पर्यटक महानगरका पर्यटकीय क्षेत्रमा घुम्न आउने वातावरण बनाउने गरी तयारी भएको बताएकी छिन् ।

देश आर्थिक रूपमा सबल नभए पनि भ्रमण वर्षको कारण आर्थिक गतिविधि चलायमान गराउन सफल हुने उनको दाबी थियो ।

मेयर दाहालको आगामी कार्यक्रम स्पेनमा छ। उनले स्पेनमा रहँदा त्यहाँका मेयरहरूसंग भेटघाट गरी भरतपुर भ्रमण वर्षको विषयमा जानकारी गराउने योजना बनाएकी छिन् ।

कमेन्ट गर्नुहोस्