१० साउन २०८३, आइतबार
प्रतिनिधि सभा बैठक

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न– धोका खाएकाहरू एक ठाउँमा उभिए भने तपाईंको हालत के होला ?

फागुन ३०, २०८०
काठमाडौं
प्रचण्डलाई विश्वप्रकाशको प्रश्न– धोका खाएकाहरू एक ठाउँमा उभिए भने तपाईंको हालत के होला ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुष्पकमल दाहाल प्रचण्डबाट धोका खाएकाहरु एक भएभने के होला भनी संसदमा प्रश्न गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा प्रचण्डले मागेको विश्वासको मत माथिको छलफलका क्रममा शर्माले कांग्रेस र एमाले मिले भने तपाईको यात्रा कता पुग्ला भनेर प्रश्न गरेका हुन् । 
‘गतवर्ष विश्वासको मत लिदाँ एमालेले धोका पाएको थियो, अहिले कांग्रेसले पाएको छ । धोका खाएकाहरू एक ठाउँमा उभिए भने तपाईंको राजनेताको हावा के होला ? कुरा नचल्नेहरूको कुरा चल्यो भने यहाँको यात्रा कता होला ?’ शर्माले प्रश्न गरे । त्यसअघि बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूप्रतिपक्षमा रहदा कांग्रेस सभापति शेरबहादुर देउवालाई कुरमागर्न प्रस्ताव गरेका थिए । 
ओलीले प्रस्ताव गर्दा संसदको कुर्सीबाट देउवाले सहमति जनाएको शर्माले बताए । ओलीको त्यही आशयलाई संकेत गर्दै शर्माले ‘कुरा नचल्नेहरूको कुरा चल्यो भने के होला भनेर प्रश्न गरेका हुन् ।
कांग्रेसले धोका दिएको भन्ने प्रचण्डको जवाफको प्रतिबाद गर्दै शर्माले भने, ‘माओवादी तेस्रो डिभिजन ल्याएर (३२ सीट) संसदमा आउदा पनि कांग्रेसको योगदान छ’ उनले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्