कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडाैं | फागुन ३०, २०८०
सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको विषयलाई नेपाली कांग्रेसले संसद्मा चर्काउने संकेत गरेको छ ।
बुधवार प्रतिनिधि सभा बैठकको शुरूमै आकस्मिक समय लिएर कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै विरोध जनाएकी थिइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमाथिको छलफलका क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अभियोग लागेका व्यक्तिको सम्बन्धमा प्रश्न उठाउन नछाड्ने बताएका हुन् ।
कांग्रेस सचेतकको भनाइलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति समेत शर्माले असहमति जनाए ।
‘सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई प्रधानमन्त्रीले गृहमन्त्री बनाएर ल्याउनुभएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनुभएछ,’ सचेतक थिङले भनेकी थिइन् । उनले स्वार्थ बाझिने मन्त्रालयमा ल्याइएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन सहज ढंगले नचल्ने बताइन् ।
संसद्मा बोल्ने क्रममा ओलीले बैठकको शुरूमा कांग्रेसले राखेको विषयमा कटाक्ष गरेका थिए ।
‘बिहानको परिस्थिति हेर्दा कांग्रेस दूधकुण्डमा नुहाएर आएकोजस्तो गर्यो, उसले ऐना हेरोस्,’ ओलीले भनेका थिए ।
बालकुमारी घटना सम्बन्धमा प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षमा रहेको एमालेले संसद्मा प्रधानमन्त्रीको जवाफ माग गरेको थियो ।
राज्यका निकायले अनुसन्धान गरिरहेको व्यक्तिलाई मन्त्री बनाएको विषयमा फागुन २४ गतेको बैठकमा समेत विषय उठान गरेको थियो ।
सहकारी ठगीमा फरार रहेका जीबी राईसँग रविको साँठगाँठ र सहकारीको पैसा ग्यालेक्सी टीभीमा लगाएको पाइएको थियो ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...