२८ असार २०८३, आइतबार

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

शक्ति राष्ट्रबीच ध्रुवीकरण बढ्दै गएकोप्रति प्रधानसेनापति शर्माद्वारा चिन्ता व्यक्त
फागुन ३०, २०८०
काठमाडौं
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

प्रधानसेनापति प्रभुराम शर्माले सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित राख्नेतर्फ नेपाली सेनाको ध्यान केन्द्रित रहेको बताएका छन् ।

सैनिक कमान्ड तथा स्टाफ कलेजमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको आज शुभारम्भ गर्दै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।बाह्य तथा आन्तरिक सुरक्षा वातावरणको अध्ययन र विश्लेषण गरिरहेको उनको भनाइ थियो ।

'सेनाको ध्यान सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित राख्नेमा केन्द्रित छ', उनले भने, 'आफ्ना गतिविधिहरू सञ्चालन गर्न प्रयत्नशील हुने र सोही अनुरूप हाम्रो राष्ट्रले पनि जनतालाई भौगोलिक, सामाजिक, आर्थिक एवं राजनीतिक रुपमा पूर्ण सुरक्षित राख्न विभिन्न नीति तथा रणनीतिहरू अख्तियार गर्दै आइरहेको छ ।'

प्रधानसेनापति प्रभुराम शर्मा

राष्ट्रिय हित र स्वार्थको संरक्षणका लागि महत्त्वपूर्ण नीति तर्जुमा तथा कार्यान्वयन गर्न तालिमले टेवा पुर्‍याउने उनको विश्वास थियो ।

सम्बोधनकै क्रममा प्रधानसेनापतिले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाहरूले शक्ति राष्ट्रहरूबीचको ध्रुवीकरण बढ्दै गएको बताए ।

विश्वमा नयाँ शीतयुद्धको थालनी हुन लागेको भन्दै उनले विश्वका शक्ति राष्ट्रहरूबीको प्रत्यक्ष/परोक्ष टकराब बढेको बताए ।

बदलिँदो राजनीतिक परिस्थिति र शक्ति केन्द्र बन्ने होडबाजीले भौगोलिक एवं आर्थिक रुपमा साना मुलुकलाई आफ्नो अस्तित्वलाई कायम राख्न चुनौती थपिएको उनले बताए ।

null

salt training

कमेन्ट गर्नुहोस्