०२ असार २०८३, मंगलबार

एन्फालाई कारबाही गर्न मन्त्रालयको निर्देशन

फागुन ३०, २०८०
काठमाडौं
एन्फालाई कारबाही गर्न मन्त्रालयको निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ ।

एन्फाका पदाधिकारीले प्रक्रिया पूरा नगरी विदेश गरेकाले मन्त्रालयले कारबाही गर्न राखेपलाई निर्देशन दिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को (झ) मा एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृति लिएर मात्रै विदेश भ्रमण गर्नुपर्ने प्रावधान छ ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले आगामी चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

त्यसपछि नेपाली टोलीले आगामी चैत ८ र १३ गते बहराइनसँग ‘होम एन्ड अवे’का दुई खेल खेल्दैछ । उक्त खेलका लागि नेपाली टोलीसहित एन्फाका १० पदाधिकारी ‘अफिसियल’ बनेर मलेसिया गएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको मैदान खराब भएपछि नेपालले होम र अवे खेल  बहराइनमा खेल्न लागेको हो ।

राखेपको स्वीकृति पश्चात् मात्र खेल सङ्घका पदाधिकारीहरूलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको युवा तथा मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्