२४ असार २०८३, बुधबार

सामसङको ग्यालेक्जी फिट ३ सार्वजनिक, कति पर्छ मूल्य ?​​​​​​​​

फागुन ३०, २०८०
काठमाडौं
सामसङको ग्यालेक्जी फिट ३ सार्वजनिक, कति पर्छ मूल्य ?​​​​​​​​

सामसङ नेपालले आज आफ्नो सबैभन्दा नयाँ सटीक फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ सार्वजनिक गरेको छ ।

जसले सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधिलाई सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसले सबैलाई आफ्नो उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ ।

ग्यालेक्सी फिट ३ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो । यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ ।

जसले प्रयोगकर्ताहरूलाई दैनिक व्यायामदेखि लिएर आरामले सुत्दासम्म — चौबीसै घण्टा आफ्नो नाडीबाट सिधै आफ्नो स्वास्थ्य र वेलनेससम्बन्धी डेटा ट्रयाक गर्न मद्दत गर्छ ।

ग्यालेक्सी फिट ३ यही फागुन २८ गतेदेखि नेपालभरमा उपलब्ध छ । ग्रे, सिल्भर, पिङ्क गोल्ड रङ्गहरूमा पाइने ग्यालेक्सी फिट ३ को मूल्य ७ हजार ९९९ रुपैयाँ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्