०२ असार २०८३, मंगलबार

प्लाइउड उद्योगमा लागेको आगो दुई दिनपछि निभाइयो, १५ करोड क्षति

फागुन ३०, २०८०
झापा
प्लाइउड उद्योगमा लागेको आगो दुई दिनपछि निभाइयो, १५ करोड क्षति

झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो आज निभाइएको छ । उद्योगमा लागेको आगो आज अपराह्न निभाइएको होे । काठको विशाल घाटगद्दी भएको कारण आगो निभाउन ६० घण्टाभन्दा बढी समय लागेको उद्योगका सञ्चालक सन्तोष आचार्यले जानकारी दिए । 

आगलागीबाट रु १५ करोडको भौतिक सम्पत्ति क्षति भएको उनले बताए । उनका अनुसार आगलागीबाट उद्योगको मुख्य ब्लक पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र उत्पादित प्लाई खरानी भएको छ ।

नेपालकै ठूलो मानिएको उक्त प्लाइउड उद्योगमा एक हजार २०० मजदुर कार्यरत छन् । त्यहाँ उत्पादित सामान विदेशमा निर्यात हुने गरेको छ । आगलागीको खबर प्राप्त हुनेबित्तिकै १२ वटा दमकलले आगो निभाउने निरन्तर प्रयास गरिरहेका थिए । काठको गोलियामा दन्किएको आगो निभाउन कठिन भएको थियो । आगो निभाउन भारतबाट पनि दमकल मगाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्