२९ असार २०८३, सोमबार

तीन प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना, लुम्बिनीमा हावाहुरी चल्ने

चैत १, २०८०
काठमाडौं
तीन प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना, लुम्बिनीमा हावाहुरी चल्ने

हाल  कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्