२६ असार २०८३, शुक्रबार

टिकटक प्रतिबन्ध लगाउने विधेयक अमेरिकी तल्लो सदनबाट पारित

चैत १, २०८०
काठमाडौं
टिकटक प्रतिबन्ध लगाउने विधेयक अमेरिकी तल्लो सदनबाट पारित

अमेरिकी तल्लो संसद् हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकलाई प्रतिबन्ध लगाउने एउटा ऐतिहासिक विधेयक पारित गरेको छ । विधेयकमा टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमेरिकी कम्पनीलाई दिनुपर्नेछ, नत्र अमेरिकाभर सधैँका लागि बन्द हुने उल्लेख छ ।

तल्लो सदनबाट दुई तिहाइ बहुमतले यो विधेयक पारित भए पनि यसलाई माथिल्लो सदन सिनेटले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ । तर पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने विषयमा बोली फेरेपछि सिनेटबाट यो पारित हुने/नहुनेमा शङ्का छ ।

यसअघि ट्रम्प नै राष्ट्रपति हुँदा अमेरिकामा टिकटक प्रतिबन्धमा परेको थियो, तर अदालतको आदेशका कारण यो निर्णय पूर्ण कार्यान्वयन हुन पाएको थिएन । 

तर, अहिले भने ट्रम्पले आफ्नै निर्णय विपरीत टिकटक प्रतिबन्धको विरोध गरेका छन् । 

टिकटकले राष्ट्रिय सुरक्षा नै खतरामा पार्न सक्ने अमेरिकी सुरक्षा निकायको ठहर छ । तर टिकटकले भने अमेरिकी प्रयोगकर्ताको कुनै पनि डेटा चीन सरकारको पहुँच भन्दा टाढा रहेको भन्दै आरोपको खण्डन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्