२२ असार २०८३, सोमबार

उदयपुर जीप दुर्घटना : सभापति देउवाद्वारा दुःख व्यक्त

चैत १, २०८०
काठमाडौं
उदयपुर जीप दुर्घटना : सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसले उदयपुरको बेलका नगरपालिका–७ स्थित बाखाकुवामा भएको जीप दुर्घटनामा आठ जनाको अमूल्य जीवन समाप्त भएकामा दुःख व्यक्त गरेको छ ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गरी धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज २५९३ नम्बरको  जीप उदयपुरमा दुर्घटना हुँदा मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । सभापति देउवाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । 

उनले घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् । सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई न्यूनीकरण गर्न गराउन सरकारको ध्यानाकर्षण गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्