२६ असार २०८३, शुक्रबार

तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

चैत २, २०८०
काठमाडौं
तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्