२१ असार २०८३, आइतबार

सिन्धुलीको टेलिकम टावर परिसरमा बम विष्फोट

चैत २, २०८०
काठमाडौं
सिन्धुलीको टेलिकम टावर परिसरमा बम विष्फोट

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटीसी)को टावर परिसरमा बम विष्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको छ । टेलिकम टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

टेलिकमको टावर परिसरभित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईँमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्