३० असार २०८३, मंगलबार

गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने संसद्‌को कार्यसूची, अवरोध गर्ने कांग्रेसको तयारी

चैत २, २०८०
काठमाडौं
गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने संसद्‌को कार्यसूची, अवरोध गर्ने कांग्रेसको तयारी

सहकारी ठगीमा जोडिएका सांसदलाई गृहमन्त्रीको जिम्मा लगाएको भन्दै प्रतिनिधि सभामा विरोध गरिरहेको कांग्रेसले विधेयक पेश गर्न नदिने रणनीति बनाएको छ । 

शुक्रवार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ । 

रविलाई गृहमन्त्री बनाएको सम्बन्धमा कांग्रेसले संसद्‌मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ । प्रधानमन्त्रीबाट चित्त बुझ्दो जवाफ नआए सदन अवरोध गर्ने चेतावनी कांग्रेसले दिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्