२० असार २०८३, शनिबार
छानबिन समितिको प्रतिवेदन

सीआईबी प्रमुख बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

चैत २, २०८०
काठमाडौं
सीआईबी प्रमुख बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

सुन तस्करीमा संलग्नलाई जोगाएको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगको सिफारिसका आधारमा बज्राचालाई कारवाही गर्न लागिएको हो । 

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बुधवार गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सीआइबीको कमजोरीका कारण सुन तस्करीका विचौलिया जीवन चलाउने फरार भएको उल्लेख छ । 

चलाउनेले नेपाल प्रहरीका पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालको नाम पोले पनि बयान च्यातेर सर्वेन्द्रलाई जोगाएकोलगायत कमजोरी देखाइएको छ ।

सीआइबी प्रमुखलाई आयोगले दोषी ठहर्‍याएपछि गृहमन्त्री लामिछानेले हिजै प्रहरी प्रमुख वसन्त कुवरसँग छलफल गरेका थिए । 

आयोगले पूर्वसभामुख एवं सत्तारूढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा लगायत ६८ जनालाई कारवाहीको सिफारिस गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्