०८ साउन २०८३, शुक्रबार

विराटनगरमा स्टाफ नर्सको हत्या, शौचालयमा भेटियो शव

चैत २, २०८०
विराटनगर
विराटनगरमा स्टाफ नर्सको हत्या, शौचालयमा भेटियो शव
शव भेटिएको ठाउँ ।

विराटनगरमा स्टार्फ नर्सको हत्या भएको छ ।

विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको हो ।

उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । 

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिकै विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । 

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा मध्यान्ह १२ बजेतिर उनको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार भएका चोट छन् । 

स्टार्फ नर्स दासको हत्यापछि संग्लग्न व्यक्ति शव छाडेर फरार भएको पाइएको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्